अत्तरियामा कालो पट्टि बाँधेर व्यापारीद्धारा प्रदर्शन

अत्तरिया : कैलालीको अत्तरियामा व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन् । अत्तरियाका सुनचाँदी व्यवसायी माथि चलेको गोलिकाण्डको विरोधमा व्यवसायीहरुले कालोपट्टी बाँधेर प्रर्दशन गरेका हुन् ।

आज (शुक्रबार) अत्तरिया उद्योग वाणिज्य संघको अगुवाईमा व्यापारीहरुले टाउको र हातमा कालो पट्टि बाधेर गोलिकाण्डको विरोध गरेका छन्। सुनचाँदी व्यवसाय विकास सुनारमाथि गोली प्रहारका दोषीलाई अहिलेसम्म पनि पक्राउ नगरेको भन्दै व्यवसायीहरुले प्रदर्शन गरेका छन्।

Godawari_Tato hawa_Lu

गोलि लागेर घाईते भएका सुनचाँदी व्यापारी विकास सुनारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन दवाव स्वरुप विरोध प्रर्दशन गरिएको संघका अध्यक्ष अशोकराज देवकोटाले बताए । उनले घटनाको पाँचदिन बितिसक्दा समेत अपराधीको बारेमा पत्ता नलाग्नु दुखद भएको बताए ।

व्यापारीहरुले अत्तरिया चोक परिक्रमा गर्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा कोणसभाको आयोजना गरेका थिए । घटना भएको पाँचदिन बितिसक्दा पनि प्रहरीले अझैसम्म केही नगरेको र आश्वासन सम्म नपाएको प्रर्दशनकारीको गुनासो छ ।

पुस ३ गते आइतबार साँझ साढे ६ बजे गोदावरी नगरपालिका–२ मा सशस्त्र प्रहरी बल मुख्यालय अगाडि सुनचाँदी व्यवसाय गर्दै आएका विकास सुनारमाथि गोली प्रहार भएको थियो । मोटरसाइकलमा सवार दुई जनाले सुनारलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट घाईते सुनारको साथमा रहेकोे ३५ तोला सुन समेत लुटेर फरार भएका थिए ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.