राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि गोदावरीका ५ विद्यालय छनौट

अत्तरिया : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कैलालीको गोदावरी नगरपालिकाका ५ विद्यालय छनौट भएका छन् । आइसीटी ल्याव स्थापना, दुई कोठे र ४ कोठे भवन निर्माणका लागि नगरपालिकाका ५ विद्यालय छनौटमा परेका हुन् ।

उक्त कार्यक्रममा छनोट हुने विद्यालयमा वडा नम्बर – २ तेघरीमा रहेको कृष्ण आधारभूत विद्यालय, वडा नम्बर ३ मालाखेतीमा रहेको नवज्याती मावि, वडा नम्बर ४ बास्कोटामा रहेको राष्ट्रिय मावि, वडा नम्बर ६ बडेंहामा रहेको शैलेश्वरी मावि र वडा नम्बर ७ लालपुरमा रहेको चण्डेश्वरी आधारभूत विद्यालय रहेका छन ।

जसमध्ये कृष्ण आवि र चण्डेश्वरी आविमा आइसीटी ल्याव स्थापना हुनेछ भने शैलेश्वरी, नवज्योतीमा ४ कोठे विद्यालय भवन र राष्ट्रिय माविमा २ कोठे भवन निर्माण हुनेछ ।

आईसीटी ल्यावका लागि ६ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ भने दुई कोठे भवनका लागि २५ लाख तथा ४ कोठे भवनका लागि ५० लाख बजेट विनियोजन गरिएको जनाइएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.