कैलाली चेम्बरद्धारा धेरै कर तिर्ने व्यवसायीलाई सम्मान

अत्तरिया : कैलालीमा सरकारलाई धेरै कर तिर्ने व्यवसायीलाई सम्मान गरिएको छ । कैलाली चेम्बर अफ कमर्सले आर्थिक बर्ष २०७८/०७९ मा सबै भन्दा बढी सरकारलाई कर तिर्ने व्यावसायीलाई सम्मान गरेको हो ।

शनिबार अत्तरियामा रहेको नमस्ते होटलमा एक कार्यक्रमको आयोजना गरी व्यावसायीहरुलाई सम्मान कार्यक्रम गरिएको छ । सम्मानित हुनेहरुमा नाष्ट कलेजका प्रमुख शिबहरी मुडभरी, मायामेट्रो अस्पतालका अध्यक्ष धिरेन्द्र साँउद, समामा इन्टरनेसनल प्रालिका सहान बाज आलम, किसान लघुवित्त वित्तिय संस्था लिमिटेड सहकारी संस्था रहेका छन् । उनीहरुलाई सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सम्मानित गरेका हुन् ।

कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले कोरोना कालमा पनि आफ्नो व्यवसायलाई जोगाएर बढी कर तिर्नेलाई उत्प्रेरित गर्न सम्मानित गरिएको बताए । उनले सम्मानित हुने चारै जना कैलालीमा बढी कर तिर्ने व्यवसायी भएको बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्स अध्यक्ष राजेन्द्र मल्ल, चेम्बरका सुदुरपश्चिम अध्यक्ष प्रकाश साउँद, गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष तिर्थ ओझा, अत्तरिया उद्योग बाणिज्य संघका उपाध्यक्ष कमल कडायत लगाएत यस क्षेत्रका उद्योगी व्यावसायीहरुको उपस्थिति रहेको थियो ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.