गोदावरी आधुनिक कृषि सहकारीको अध्यक्षमा पुनः कार्कि

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नं. १ मा रहेको गोदावरी आधुनिक कृषि सहकारीको अध्यक्षमा पुनः नैनसिँह कार्कि चयन भएका छन । संस्थाको संस्थापक अध्यक्षका रुपमा रहेका कार्किलाई शनिबार सम्पन्न संस्थाको चौथो वार्षिक साधारण सभाको बन्दसत्रले सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

बन्दसत्रले कार्किको अध्यक्षामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा ललिता पाठक, सचिवमा धर्म सिँ कुँवर, सह–सचिवमा यादव सिँह भाट र कोषाध्यक्षमा गणेश महरा रहेका छन । यसैगरी संस्थाको सदस्यहरुमा ममता पन्त र डिल्लीराज पाठक चयन भएका छन ।

बन्दसत्रले संस्थाको लेखासुपरिवेक्षण समितिको संयोजनकमा पनि पुरानै अनुहार दोहो-याएको छ । लेखा सुपरिवेक्षण समितिको संयोजकमा डिल्ली राज जोशी तथा सदस्यहरुमा संकेत फुलारा र धर्मी खड्का चयन भएका छन ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.