अत्तरिया : राष्ट्रिय युवा संघ नेपाल कैलालीका कार्यालय सदस्य सुरेश कौशलले आफ्नो जन्मदिन सेभ हाउसमा मनाएका छन् । कैलालीको अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसमा उनले जन्मदिन मनाएका हुन् ।
गोदावरी-१२ बस्ने कौशलले अनाथ एबम् असहयाय बालबालिकाहरुसंग केक काटेर आफ्नो जन्मदिन मनाएका छन् । उनले जन्मदिनको अवसरमा बालबालिकाहरुलाई कापि,डटपिन र पेन्सिल पनि वितरण गरेका थिए ।
युवा नेता तथा सामाजिक अभियान्ता समेत रहेका उनले जन्मदिनमा फर्जुल खर्च गरेर रमाईलो गर्नुभन्दा अनाथ एबम् असहयाय बालबालिकाहरुसंग केही खुसी साटेर जन्मदिन मनाएको बताए ।
उनले गत बर्षको जन्मदिन पनि अत्तरियामा रहेको अपांगता बालबालिका अध्ययनरत सुपसमावेशी बिद्यालयमा मनाएका थिए । यस्ता संघसंस्थाहरुमा रहेका बालबालिकासंग थोरै समय भएपनि खुसी साटासाट र केही सहयोग गरी मनाउन उनले सबैमा अनुरोध समेत गरे ।
सामाजिक अभियान्ता समेत रहेका कौशलले महिला तथा बालबालिका सेभ हाउसलाई कोरोनाको समयमा गाउँबाट खाद्यान्न संकलन गरी सहयोग गरेका थिए ।
युवा नेता कौशल राजनिती संगसंगै सुप सामाजिक बिकास मन्च नेपालका उपाध्यक्ष, नायल कृषि सहकारिका उपाध्यक्ष, जातिय मुक्ति समाजका प्रदेश कमिटि सदस्य लगायत विभिन्न संघसंस्थामा आवद्ध रहेका छन् ।
