कैलालीमा ट्रयाक्टरको टायरले च्यापिएर चालकको मृत्यु

धनगढी : कैलाली कैलालीमा ट्रयाक्टरको टायरले च्यापिएर एक जनाको मृत्यु भएको छ । जिल्लामा ट्रयाक्टरको टायरले च्यापिएर चालकको मृत्युु भएको प्रहरीले जनाएको छ ।

गौरीगंगा नगरपालिका–५ मा बुधबार बेलुकी ट्रयाक्टरको टायरले च्यापिएर चालक वडा नम्बर ४ का २२ वर्षीय गणेश चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

बेलुकी पौने ८ बजे फसेको ट्याक्टरको ट्रली निकाल्ने क्रममा चौधरीलाई बिचको टायरले च्यापेको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.