एमाले सुदूरपश्चिम संसदीय दलकाे नेतामा रावल र उपनेता थापा चयन

अत्तरिया : नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् ।

शनिबार अत्तरियामा ज्येष्ठ सदस्य हिरा सार्कीकाे अध्यक्षतामा बसेकाे संसदीय दलकाे बैठकले रावललाई दलको नेता सर्वसम्मत चयन गरेको प्रदेश सचिव तथा प्रदेशसभा सदस्य धर्मराज पाठकले जानकारी दिए ।

कञ्चनपुरबाट समानुपातिक प्रणालीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका रावल पार्टीका पाेलिट ब्युराे सदस्य तथा सुदूरपश्चिम सह-इन्चार्ज हुन् ।

बैठकले दलको उपनेतामा सन्तोष कुमारी शर्मा थापा सर्वसम्मत चयन भएकी छन् । थापा केन्द्रीय सदस्य तथा कैलाली सहइन्चार्ज हुन् ।

सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना प्रदेशसभा सदस्य छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.