गोदावरी-२ वडाकार्यालय द्वारा जेष्ठ नागरिकलाई कम्बल वितरण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ ले ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले सोमबार एक औपचारीक कार्यक्रमको आयोजना गरि ८० वर्षमाथीका ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको हो ।

वडाध्यक्ष यज्ञ महराको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले पौष महिनाको जाडो र शितलहरका बिच ज्येष्ठ नागरिकको सहजताका लागी वडा कार्यालयले गरेको कार्य प्रशंसा योग्य रहेको बताए । उनले चिसोको मौषममा सबैभन्दा बढी ज्येष्ठ नागरिकहरुलाई समस्या हुने हुँदा वडा कार्यालयले कम्बल वितरण गरेको बताए ।

वडाध्यक्ष महराले वडाले चिसो मौषमलाई मध्यनजर गरी चालु आर्थिक वर्षको निति तथा कार्यक्रम अनुसार वडामा रहेका ८० वर्षमाथीका सबै ज्येष्ठ नागरिकहरुलाई कम्बल वितरण गरिने बताए । त्यसका साथै उनले विपन्न र एकल महिलाहरुलाई पनि वडाले कम्बल वितरण गर्ने बताए । उनले वडाले उक्त योजनावाफत १ लाख रुपैया छुट्याएको बताए ।

जाडो समयमा वडाले कम्मल वितरण गरेको प्रति जेष्ठ नागरिक प्रेम दत्त भट्टले खुसि व्यक्त गरे । उनले जेष्ठ नागरिक प्रति गरेको सम्मानका निमित्त वडालाई धन्यवाद ज्ञापन गरे । त्यस्तै अर्का वडाका जेष्ठ नागरिक भान देव भट्टले पनि वडाले जेष्ठ नागरिक प्रति गरेको सेवामा हर्षित भएको बताए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.