प्रेम आले र माया राईले लिए सांसदको शपथ

काठमाडौं : प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् । राई नेपाली कांग्रेस र आले नेकपा एकीकृत समाजवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि ७ पुसमा सांसदहरुले शपथ लिँदा उनीहरु अनुपस्थित भएका थिए ।

 

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.