नेकपा एमालेद्धारा नगरपालिका घेराउ

अत्तरिया : नेकपा एमाले गोदावरी नगरकमिटीले गोदावरी नगरपालिका घेराउ गरेको छ । कैलालीको गोदावरी नगरपालिकाले नदी जन्य पदार्थ संकलनका क्रममा भ्रष्टाचार गरेको भन्दै नेकपा एमालेले गोदावरी नगरपालिका घेराउ गरेको हो ।

Godawari_Tato hawa_Lu

नदीजन्य पदार्थको रोयल्टी उठाउन सेतो चिट प्रयोग गरी भ्रष्टाचार गर्न खोजिएको बिरोध जनाउँदै आन्दोलित बनेको एमालेले कारवाहीको माग गर्दै नगरपालिका घेराउ गरेको छ । आइतबार नगरपालिकाले नदीजन्य पदार्थको रोयल्टी उठाउन सेतो चिट प्रयोग गरीएको बिषय बाहिरीएपछि सोमबार पनि एमाले नगर कमिटीले नगरपालिका घेराउ गरेको थियो ।

सोमबारदेखी चरणबद्द आन्दोलन घोषणा गरेको एमालेले आज नगरपालिका कार्यालय घेराउ गरेको छ । नगर कमिटी अध्यक्ष गोकर्ण भट्टले रोयल्टी उठाउन सेतो चिट प्रयोग गरिएको बिषयमा छानविन नगरिए सम्म आन्दोलन जारी रहने बताएका छन । उनले नगरप्रमुखकै निर्देशनमा योजनावद्ध तरिकाले रोयल्टी संकलनमा सेतो चिट प्रयोग भइरहेको बताए । ‘नगरप्रमुखको यसमा योजनावद्ध सहभागिता छ, मेयरले गल्ती नगरेको भए जनताको विचमा किन आउनुहुन्न ।’ उनले भने ‘हामीले अख्तीयारमा पनि उजुरी हालेका छौ यसको छानविन हुनुपर्यो ।’

खुटीयाको विषयमा सत्यतथ्य बाहिर नल्यायसम्म नेकपा एमाले गोदावरीले निरन्तर आन्दोलन गर्ने बताईएको छ । नगरपालिकाले भने नदि जन्य पदार्थ उठाउँदा कुनै अनियमितता नगरेको बरु ब्यबस्थित विधि अपनाउँदा खोलाबाट बाहिरेने ट्याक्टरलाई सेतो चिट दिने गरेको बताएको छ ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.