अत्तरिया : कैलालीको लालपुरमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सुदूरपश्चिमको दोस्रो अधिबेशन हुने भएको छ । गोदावरी नगरपालिका–७ लालपुरमा यहि पौष २२ गते प्रतिष्ठानको दोस्रो अधिबेशन हुने भएको हो । बुधबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिष्ठानले जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै प्रतिष्ठानका सुदुरपश्चिम अध्यक्ष पदमा बहादुर धामीले दोस्रो अधिवेशन संगै लालपुरमा नवनिर्मित प्रतिष्ठान भवनको उद्घाटन गरिने जानकारी दिए । उनले अघिवेशनमा नौ वटै जिल्लाबाट ११५ जना प्रदेश प्रतिनिधि र प्ररिवेक्षकको सहभागिता रहने बताए । अघिवेशनमा लालपुरको गौडिचोकबाट नौ वटै जिल्लाका झाँकी प्रदर्शनी सहितको र्याली गरिने बताए ।
उनले स्रष्टा सम्मान, उत्कृष्ट जिल्ला सम्मान, वहु चर्चित कलाकारहरुका प्रस्तुतीहरु, मौलिक बाजाहरुको प्रदर्शनी लगायतका सांस्कृतिक कार्यक्रम गरिने बताए । अधिबेशनमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष रमेशी बिजी, लोकदोहोरी गायक शिव हमाल लगायतका कलाकारहरुको सहभागिता हुने जनाईएको छ ।
अघिवेशनमा नौ वटै जिल्लाबाट ११५ जना प्रदेश प्रतिनिधि र प्ररिवेक्षकको सहभागिता रहने जनाईएको छ । अधिवेशनको बन्द सत्र भने सोही दिन साँझ ५ बजे अत्तरियामा रहेको प्रतिभा पुष्तकालयको हलमा हुने आयोजकले जनाएको छ । अध्यक्ष धामीले बन्दसत्रबाट आगामी ३ बर्ष को लागि नयाँ नेतृत्व पनि चयन गरिने बताए ।
प्रतिष्ठानले प्रदेश सरकारको सहयोगमा लालपुरमा ३ कठ्ठा जमिन सहितको आफ्नै भवन निर्माण गरेकाले अधिवेशनकै दिन उद्घाटन गरिने प्रतिष्ठानका सुदुरपश्चिम अध्यक्ष धामीले बताए । अधिवेशनको प्रमुख अतिथि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट हुने बताईएको छ ।
पत्रकार सम्मेलनमा प्रतिष्ठानका प्रथम उपाध्यक्ष दीर्घ फुलाराले अभिवेशनको सम्पुर्ण तयारी पुरा भएको बताए । उनले आफूहरु अहिले अधिवेशनको प्रचार प्रसारका लागेको बताए ।
२०५८ सालमा स्थापना भएको प्रतिष्ठानका हाल देशभरमा ५६ वटा शाखा रहेका छन् । सुदूरपश्चिममा भने नौ वटै जिल्लामा शाखा कार्यालय रहेका जनाईएको छ । प्रदेशमा ५ सय २२ जना सदस्य प्रतिष्ठानमा आवद्ध भएका छन । सुदुरपश्चिम प्रतिष्ठानको पहिलो अघिवेशन २०७६ साल असोजनमा डोटीमा सम्पन्न भएको थियो ।
