अत्तरिया : राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेशको दोस्रो अधिबेशन कैलालीको लालपुरमा शुरु भएको छ ।
अधिबेशनको शुक्रबार एक कार्यक्रमका बिच सुदुरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उदघाटन गरे । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष रमेश बिजी,उपमहासचिब शिव हमाल चर्चित कलाकारहरु पूर्णकला बिसी, लालबहादुर धामी, सुर्य बिरही साउँद, दिर्घ फुलारा लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रम शुरु हुनुभन्दा पहिले गौडि चोकबाट कार्यक्रम स्थल सम्म बाजागाजा सहित र्यालि निकालिएको थियो ।
अधिबेशनले आगामी ३ बर्ष को लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । यसै बिच प्रतिष्ठानको आफ्नै भबनको पनि शुक्रबार नै उदघाटन गरिएको छ । गोदावरी –७ लालपुरमा नै संस्था को ३ कठ्ठा जमिन सहित को भवन निर्माण भएको हो ।
स्थानीय सामुदायिक वनले उक्त संस्थालाई जग्गा उपलब्ध गराएको हो । संस्था का ५२२ जना सुदुरपश्चिम मा सदस्य रहेका छन् भने ९ जिल्लामा नै जिल्ला शाखा रहेका छन् । लोकदोहोरी क्षेत्रमा कृयाशिल कलाकारहरुको छाता संस्थाको रूपमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान परिचित रहंदै आएको छ ।