गोदावरीमा फारम भर्न छुटेका भूमिहीनलाई पुनः ३५ दिने सूचना जारी

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका भित्र फारम भर्न छुटेका भूमिहिनको लागि पुनः ३५ दिने सूचना जारी भएको छ ।

राष्ट्रिय भूमि आयोगले यसअघिको सूचनामा फारम भर्न छुटेकाहरुका लागि पुनः सूचना जारी गरेको हो ।

आयोगले दोस्रो पटक प्रकाशित गरेको सूचनामा भनिएको छ ‘भूमिहीन दलित र भूमिहीन भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि बिभिन्न मितिमा बिभिन्न स्थानीय तहहरुका लागि ३५ दिने सूचना प्रकाशित गरिएकोमा देहाय अनुसारका स्थानीय तहहरुले विभिन्न कारण देखाई लगत संकलनको काम सम्पन्न हुन नसकेको भनी आयोगमा पुनः सूचना प्रकाशनका लागि अनुरोध गरेकाले पौष २३ गते देखि ३५ दिन भित्र तोकिएका स्थानहरुमा फारम भर्न सूचना प्रकाशन गरिएको छ ।’

उक्त सूचना अनुसार सुदूरपश्चिमका १२ पालिकाले पुनः फारम बुझाउन सक्नेछन् ।

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.