दार्चुलामा बालक तुइनबाट खसेर महाकालीमा बेपत्ता

दार्चुला : दार्चुलामा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर बालक बेपत्ता भएका छन् । ब्यास गाउँपालिका–४ को डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट तुइनबाट नदी तर्ने क्रममा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरले बालक बिहीबार बिहान तुइनबाट तर्ने क्रममा बेपत्ता भएपनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए ।

खबर प्राप्त भएपछि स्थानीय प्रहरी टोली बालकको खोजीमा खटिएको बताउदै प्रहरी निरीक्षक मगरले आवश्यक परेमा जिल्लाबाट समेत थप प्रहरी पठाइने बताए ।उनकाअनुसार बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न भारतीय जंगलमा पुगेकी थिइन् ।

बालक पनि उनीसँगै गएका थिए । सोही क्रममा तुइनबाट खसेर बेपत्ता भएका थिए । बालक ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.