डोटीमा सेती नदीमा बगेका युवकको मृत्यु

डोटी : डोटीमा सेती नदीमा बगेर गम्भीर घाइते भएको युवकको मृत्यु भएको छ । नदीमा बगेका जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका ३२ वर्षीय तेज बिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब निरिक्षक रुपसिंह थापाकाअनुसार शनिबार दिउँसो नुहाउने क्रममा बिक नदीमा बगेका थिए ।

तत्काल इप्रका दिपायलको टोली घटनास्थलमा पुगेर उद्दार गर्न सफल भएको थियो तर उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.