सुदुरपश्चिमाञ्चल सामुदायिक अस्पतालद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिवर सञ्चालन
शिविरबाट ७० जनाले लिए सेवा
अत्तरिया : कैलालीको अत्तरियामा रहेको सुदुरपश्चिमाञ्चल सामुदायिक अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिवर सम्पन्न गरेको छ । गोदावरी नगरपालिका-२ बनखेतमा रहेको अस्पतालले आज निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
शिविरमा ७० जनाले स्वास्थ्य जाँच गराएको अस्पतालका कोडनेटर तनुज जोशीले जानकारी दिए । उनले सिबीसी, चेस एक्सरे, ईसिजी, आरबिएस, एलएफटी लगायतका चेकजाँच गरिएको बताए । शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याब जाँच समेत गरिएको उनले बताए ।
अत्तरिया क्षेत्रका सुरक्षा निकाय नेपाल प्रहरी, ट्राफिक प्रहरी, शशस्त्र प्रहरी स्थानिय लगायत ७० जनाले सेवा लिएको उनले जानकारी दिए । उनका अनुसार विशेषज्ञ चिकित्सकबाट विभिन्न रोगको निःशुल्क सेवा प्रवाह गर्ने उद्देश्यले गरिएको शिविरबाट धेरै लाभान्वित भएको अस्पतालका कोडनेटर जोशीले बताए । सुदुरपश्चिमाञ्चल सामुदायिक अस्पतालले समय समयमा निःशुल्क स्वास्थ्य शिविर लगायत रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ ।
त्यस्तै जापनिज मेकी उरेलीले आज अस्पतालको निरिक्षण गरेको अस्पतालका अध्यक्ष आनन्द भट्टले बताए । उनले जापनिज दुतावासबाट अस्पताललाई उपलब्ध गराएको सामानको जापनिज मेकीको अनुगमन गरेको बताए । एक औपचारिक कार्यक्रमको आयोजना गरी जापनिज मेकीको स्वागत गरिएको थियो ।
उक्त कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया, प्रहरी, स्थानिय समाजसेवी, बुद्धिजिवी, अस्पताल सञ्चालक समितीका पदाधिकारी, अस्पतालका डाक्टर, कर्मचारी लगायतको उपस्थिीती रहेको थियो ।