सरकारले २७ गते पृथ्वी जयन्तीमा दियो सार्वजनिक बिदा

काठमाडौं : सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख थियो ।

सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.