आज सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने एमालेको तयारी

धनगढी : आज सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेस गर्ने एमालेले तयारी गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले दलहरूलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साझ सकिँदै छ ।

त्यो भन्दा अघि नै एमालेले संसदीय दलका नेता राजेन्द्र रावललाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखलाई दाबी पेश गर्ने तयारी छ । सत्ता गठबन्धन भित्र एमालेको भागमा परेको सुदूरपश्चिममा एमालेले प्रदेश प्रमुखले दिएको समय भित्रै दाबी पेस गर्ने तयारी गरिरहेको प्रदेश सभा सदस्य धर्म पाठकले जानकारी दिए ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सरकार गठन गर्न २७ सांसद आवश्यक हुन्छ । केन्द्रमा सत्ता गठबन्धनमा रहेका एमाले माओवादी नागरिक उन्मुक्ति र राप्रपा मिल्दा सुदूरपश्चिम प्रदेशमा सांसदको संख्या २९ हुन्छ ।

उहाँ माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन् । यी चार दलको समर्थनमा एमालेले आजै दाबी पेश गर्ने तयारी गरेको हो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.