अत्तरिया : कैलालीको अत्तरियामा आज देखी सुदूरपश्चिम प्रादेशिक महोत्सब शुरु हुदैछ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा आज २७ गते देखी माघ ९ गते सम्म महोत्सब लाग्ने भएको हो ।
अत्तरिया स्थित पूर्वरोडको लामिताल परिसरमा आयोजना गरिने महोत्सवको तयारी पुरा भएको संघका अध्यक्ष अशोकराज देबकोटाले जानकारी दिए । उनले आज दिउँसो १ बजे महोत्सबको प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गर्ने कार्यक्रम तय भएको बताए ।
यस्तै महोत्सवमा मुख्य आकर्षकका रुपमा लामितालमा डुंगाको व्यवस्था गरिएको छ । महोत्सवमा १५० ओटा बभिन्न खाले स्टलहरु रहने अध्यक्ष देवकोटाले बताए । उनले बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सबमा रहने बताएका छन् ।
महोत्सव सभ्य र भब्य रुपमा सफल पार्न सुदुरपश्चिमको सबै क्षेत्रका कला, संस्कृति, भेषभुषा, चालचलन, कृषि, पर्यटकिय क्षेत्रलाई समेटिने संघका महासचिब यज्ञराज जोशीले बताए । उनले रमाईलो मेला सहित महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने बताए ।
सुदुरपश्चिमको कृषि तथा पर्यटन ब्यवसायलाई उजागर गर्न तथा यहाँको ब्यापार ब्यावसायलाई थप ब्यवसायिकिकरण गर्न महोत्सवले टेवा पुग्ने आयोजकको भनाई रहेको छ । महोत्सवमा सर्बसाधारणहरुलाई ८० र बिद्यार्थीहरुलाई ५० रुपैया टिकट दर रहने छ भने अपांग, एकल महिला, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरेको बताईएको छ ।
१३ दिन सम्म सञ्चालन हुने महोत्सवमा ७० देखि ८० हजारको हाराहारिमा अवलोकन गर्ने दर्शकहरुको संख्या रहने अनुमान गरिएको आयोजकले बताएको छ । लामो समयदेखि हरेक बर्ष अत्तरियामा संञ्चालन हुदै आएको महोत्सब सभ्य र भब्य रुपमा सफल पार्न समग्र सुदुरपश्चिमको प्रतिनिधित्व हुने कसिमले सबै क्षेत्रका कला, संस्कृति, भेषभुषा, चालचलन, कृषि, पर्यटकिय क्षेत्रको प्रचार प्रसार आदिलाई समेटिनुपर्ने स्थानियले बताएका छन् ।
गत बर्ष यहि समयमा महोत्सवको मिति घोषणा गरिएकोे थियो तर कोरोना महामारी बढ्दै गएपछि महोत्सव सञ्चालन मितिको अघिल्लो दिन स्थगित भएको थियो । उक्त महोत्सव कोरोना संक्रमणदर र जोखिम घट्दै गएकाले फागुन १३ देखि २५ गतेसम्म सञ्चालन भएको थियो । कोरोनाका कारण २०७६ र २०७७ सालमा सुदूरपश्चिम प्रादेशिक महोत्सव रोकिएको थियो ।
समृद्ध प्रदेशको आधार, कृषि पर्यटन र ब्यापार भन्ने मुल नाराका साथ २०७२ सालबाट शुरु भएको महोत्सव अहिले सातौ संस्करणको रुपमा सञ्चालन हुदैछ ।