अत्तरिया : कैलालीको अत्तरियामा आज देखी सुदूरपश्चिम प्रादेशिक महोत्सब शुरु भएको छ ।
अत्तरिया स्थित पूर्वरोडको लामिताल परिसरमा अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा आज देखी माघ ९ गते सम्म महोत्सब लाग्ने भएको हो ।
महोत्सबको आज एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरेका छन् ।
संघका अध्यक्षको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथी रहेका थिए भने गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा गोदावरी नगरपालिकाका नगर उपप्रमुख शारदा रोकाया, विभिन्न आमा समुह, युवाक्लब, राजनितिक दल, बिभिन्न विद्यालयका शिक्षक शिक्षिका, सुरक्षाकर्मी, समाजसेवी, बुद्धिजिवी व्यवसायी लगायतको उपस्थिति रहेको छ ।
कार्यक्रम शुरु हुनुपुर्व अत्तरिया बजारमा र्याली निकालिएको थियो ।
र्यालीमा यस क्षेत्रका विभिन्न संघसंस्था लगायत व्यापारीहरुको सहभागिता रहेको थियो ।
मुख्य आकर्षकका रुपमा लामितालमा डुंगाको व्यवस्था गरिएको महोत्सवमा १५० ओटा विभिन्न खाले स्टलहरु रहेका छन् ।
महोत्सवमा सर्बसाधारणहरुलाई ८० र बिद्यार्थीहरुलाई ५० रुपैया टिकट दर रहने छ भने अपांग, एकल महिला, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरेको बताईएको छ ।
महोत्सवमा बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु राखिएका छन् ।
