अत्तरिया : अत्तरिया जेसिज वर्ष २०२३ को अध्यक्षमा मान ऐर निर्वाचित भएका छन । बुधबार भएको संस्थाको ११ औ वार्षिक साधारण सभाबाट ऐर अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन ।
यसैगरी संस्थाको वरिष्ठ उपाध्यक्षहरुमा बम बहादुर बोगटी र अनिस सिँह तथा उपाध्यक्षमा राजकुमार साउँद, शंकर साउँद, महेन्द्र ऐडी र धर्मराज भट्ट निर्विरोध निर्वाचित भएका छन ।
कुल ७ पदका लागी गरिएको निर्वाचनमा ७ जना बाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेपछि उनिहरुलाई निर्विरोध रुपमा निर्वाचित भएको घोषणा गरिएको निर्वाचन अधिकृत तेज बहादुर खड्काले जानकारी दिए ।
उनले निर्वाचित पदाधिकारीहरुको सपथ ग्रहण भने अर्काे दिनका लागी तोकिएको बताए । अत्तरिया जेसिजले विगत देखी नै युवाहरुको व्यक्तित्व र नेतृत्व विकासका लागी कार्य गर्दै आएको छ ।
