गोदावरीमा संचालित ३ क्रसर उद्योग बन्द

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा संचालित ३ क्रसर उद्योग बन्द गरिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीले अनुमति नलिई संचालन भएका, कागजपत्र नभएका र अनुमति पाएको भन्दा अन्य काम गरिरहेका ३ उद्योग बन्द गरेको हो ।

जसमा कैलालीको गोदावरी नगरपालिका ९ मा संचालिन बेहडाबाबा वालुवा प्रशोधन उद्योग, गोदावरी नगरपालिका ७ मा संचालित श्रीपुर विल्डर्स प्रालिद्धारा संचालित क्रसर उद्योग र गोदावरी नगरपालिका ६ मा संचालित शिवशक्ति बालुवा प्रशोधन उद्योग रहेका छन् ।

बेहडाबाबा वालुवा प्रशोधन उद्योगले वालुवा प्रशोधन सम्बन्धी अनुमति लिएर क्रसर समेत सञ्चालन गरेको पाईएकोले हाललाई सञ्चालनमा रोक लगाईएको जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।

यस्तै शिवशक्ति बालुवा प्रशोधन उद्योगले पनि बालुवाको अनुमति लिएर गिट्टी उत्पादन गरिरहेको पाइएकाले बन्द गरिएको उनले बताए । श्रीपुर बिल्डर्स मार्फत संचालित कालिका कन्सट्रक्सन कम्पनीको क्रसरले भने अनुमति नै नलिएको पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सो उद्योगलाई पनि प्रशासनले बन्द गरेको छ । उता धनगढी उपमहानगरपालिकाको उच्चाकोटी आरएससी एण्ड ईन्जिनियर्स प्रालिका नाममा संचालित क्रसर तथा बालुवा प्रशोधन उद्योगमा दर्ता सम्बन्धी कुनै पनि कागजपत्र नभेटिएकाले हाललाई संचालनमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.