धनगढी : नेपाल प्रेस युनियन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मनमोहन स्वाँर निर्विरोध निर्वाचित भएका छन्। धनगढीमा सम्पन्न सुदूरपश्चिम प्रदेश समितिको प्रथम अधिवेशनबाट स्वाँर अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
समितिको खुलातर्फ उपाध्यक्षमा टेकेन्द्र देउवा, महिला उपाध्यक्ष गिता कुँवर, समावेशी उपाध्यक्ष जगत खड्का, महासचिवमा हरिश भट्ट, खुला सचिव राजेन्द्रबहादुर रोकाया, महिला सचिव बन्धना बम, समावेशी सचिव भीमबहादुर चौधरी र कोषाध्यक्षमा वीरबहादुर गडाल निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै खुला सदस्यहरुमा क्रमशः टेकबहादुर कुँवर, दिपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट र चन्द्रप्रसाद खनाल निर्वाचित भएका छन् । महिला सदस्यमा क्रमशः कुमारी लक्ष्मी बम, सरस्वती भाट, करुणा जोशी र डालीकुमारी पाण्डे चयन भएका छन् । दलित सदस्यमा लक्ष्मण विक, आदिवासी जनजाती सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी र मधेसी सदस्यमा रामदास राना, सागर कुस्मी चयन भएका छन् ।
त्यस्तै यौनिक, अल्पसंख्यक अपाङ्ग सदस्यमा धनबहादुर बोहरा र पदम भाट गाउँले निर्विरोध निर्वाचित भएका हुन्। लेखा समितितर्फ संयोजकमा कृतबहादुर विष्ट र सदस्यमा नवराज पनेरु र गगन अयडी निर्विरोध निर्वाचित भएका हुन्।