सुदूरपश्चिमका मुख्यमन्त्री सहित दुई मन्त्रीले लिए शपथ

धनगढी : सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शपथ लिएका छन् । प्रदेश प्रमुख देवराज जोशीले बिहीबार मुख्यमन्त्री रावललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  सुदूरपश्चिममा बुधबार प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका थिए ।

त्यस्तै मुख्यमन्त्री रावल संगै विना विभागीय मन्त्रीद्वय नेकपा माओवादी केन्द्रका खगराज भट्ट र नेकपा एमालेकी सन्तोष शर्मा थापाले पनि शपथ लिएका छन् । माओवादी संसदीय दलका नेतासमेत रहेका भट्ट डडेल्धुराबाट निर्वाचित हुन् भने सन्तोष समानुपातिक सांसद हुन् ।

प्रदेश प्रमुख जोशीले रावललाई मुख्यमन्त्री तथा मन्त्री पदमा खगराज भट्ट र सन्तोष थापा शर्मालाई पनि शपथ गराएका हुन् । उनीहरूको मन्त्रालय तोकिएको छैन ।

माओवादीका भट्ट अर्को चरणका लागि मुख्यमन्त्रीका दाबेदार समेत हुन् । सत्ता गठबन्धनमा भएको आलोपालोको सहमति अनुसार यहाँ पहिलो मुख्यमन्त्री एमालेका रावल बनेका हुन् ।

नेकपा एमालको कोटाबाट मुख्यमन्त्री बनेका रावललाई एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्ति र राप्रपा गरी २९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । केन्द्रमा सुदूरपश्चिम सरकारको नेतृत्व एमाले र माओवादीले पालो–पालो गर्ने सहमति भएको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.