धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पदभार ग्रहण गरेका छन् । बिहीबार प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनियताका शपथ ग्रहण गरेपछि पदभार ग्रहण गरेका हुन ।
मुख्यमन्त्री रावलले पहिलो निर्णयका रुपमा शासकीय सुधार गर्नेे बताएका छन् । प्रदेश सरकारका मुख्यसचिवको संयोजकत्वमा ‘सुदूरपश्चिमको समग्र शासकीय सुधार योजना कार्यदल गठन’ गरेका छन् ।
सुदूरपश्चिमका मन्त्रालय, आयोग, विभाग, सचिवालय तथा अन्य निकायको कार्यसम्पादन प्रणालीलाई सरलीकरण र सुदृढीकरण गर्नका लागि कार्ययोजना कार्यदलले तयार पार्ने छ ।
गठित कार्यदलमा सबै मन्त्रालयका सचिवहरु सदस्य रहेका छन् । एक साताभित्र कार्यदललाई प्रतिवेदन तयार पार्न निर्देशन मुख्यमन्त्री रावलले दिएका छन् ।