अत्तरियामा गोदावरी नगरस्तरिय प्याब्सन फेस्टिबल आयोजना गरिने

अत्तरिया : कैलालीको अत्तरियामा गोदावरी नगरस्तरिय प्याब्सन फेस्टिबल आयोजना गरिने भएको छ । निजी तथा आवासिय विद्याल अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको आयोजनामा माघ २ गते देखि ९ गते सम्म प्याब्सन फेस्टिबल आयोजना गर्न लागिएको हो । बिहिबार प्याब्सनले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नगर कमिटी अध्यक्ष श्याम बहादुर खत्रीले नगर भित्र प्याब्सनमा आवद्ध विद्यालयहरुलाई समेटेर प्याब्सन फेस्टिबल आयोजना गर्न लागिएको बताए । उनले प्याब्सनमा आवद्ध विद्यालय बीच मैत्रीपूर्ण भावनाको विकास गर्न र विद्यार्थी भित्र रहेका प्रतिभा प्रस्फुटन गर्न फेस्टिबल आयोजना गर्न लागिएको बताए । उनले पछिल्लो समयमा बालबालिका नै ड्रग एडिसनमा फसेर सामाजनै कुरुप बन्दै गइरहेको बताए । उक्त प्याब्सन फेस्टिबलले त्यसलाई रोक्न मदत गर्ने र समाजमा सकारात्मक धारण लिने विश्वास व्यक्त गरे ।

उनले फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईने बताए । शैक्षिक विधा अन्तरगत ८, इथलेटिक्स विधा अन्तरगत १०, आउटडोर विधा अन्तरगत ८ वटा प्रतियोगिता गरिने जनाइएको छ । एक साता सम्म संचालन हुने फेस्टिबलमा प्याब्सनमा आवद्ध प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका विद्यार्थीलाई समेटिने अध्यक्ष खत्रीले जानकारी दिए । फेस्टिबलमा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र सहभागि विद्यालयलाई रनिङ ट्रफि दिइने बताईएको छ ।

फेस्टिबल उद्घाटनको दिन झाँकी सहितको र्याली निकालेर अत्तरिया बजार परिक्रमा गरी गोदावरी– ३ चौकिडाँडा स्थिीत लेमनग्रास खेल मैदानमा भब्य कार्यक्रमको आयोजना गरिने भएको छ । फेस्टिबलको गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको बताईएको छ । प्रतियोगिता चौकीडाँडा सामुदायिक वन भित्र रहेको लेमनग्रास खेल मैदान र चौकिडाँडा सामुदायिक भवन रहेको प्राङ्गण र कनकवा खेल मैदान र एक अन्य खेल मैदानमा संचालन गरिने आयोजकले जनाएको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.