गोदावरी नगरपालिकाले मकर मेलामा निशुल्क बसको ब्यवस्था गर्ने

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकाले मकर मेलाका लागि निशुल्क बसको व्यवस्था गर्ने भएको छ । माघ १ गते गोदावरी धाममा आयोजना हुन लागेको बाह्रराशी दर्शन मकर मेलाका लागि निशुल्क बसको ब्यवस्था गरिने भएको हो ।

नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै मकर मेलामा जाने श्रद्दालु भक्तजनहरुको सहजताका लागि निशुल्क बसको ब्यवस्था गरेको बताएको छ । नगरप्रमुख बिरेन्द्र भट्टले सुदुरपश्चिमको धार्मिक स्थल गोदावरीमा लाग्ने मेलामा धार्मिक आस्था राख्ने भक्तजनहरुलाई सहज होस भन्ने अपेक्षाका साथ निशुल्क रुपमा बसको ब्यवस्था गरिएको बताए ।

नगरप्रमुख भट्टले धार्मिक महिना भएकोे माघमा मकर मेलाको दिन गोदावरीमा जाने श्रद्दालु भक्तजनहरुको ठुलो घुईचो लाग्ने भएकाले नगरपालिकाले एक दिनका लागि निशुल्क बसको व्यवस्था गरिएको बताए । उनले बिहान ७ बजेदेखी अत्तरिया चोकबाट ३ वटा बसहरुले श्रद्दालु भक्तजनहरुलाई ल्याउने र लैजाने गरी व्यवस्था गरिने बताए ।

जाडोको समय भएकाले राति बस्ने श्रद्दालु भक्तजनहरुको लागि आगो ताप्न दाउराको पनि व्यवस्था गरिने भएको छ । त्यस्तै धाममा एउटा स्वास्थ्य हेल्प डेस्कको पनि स्थापना गरिने नगरप्रमुख भट्टले बताएका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.