गोदावरीमा बाह्रराशि मकर मेला सुरु

धनगढी : सुदुरपश्चिमको प्रसिद्ध धार्मिक स्थल कैलालीको गोदावरीमा बाह्रराशि मकर मेलाको शुभारम्भ गरिएको छ । गोदावरी ४ मा रहेको धार्मिक स्थल गोदावरी धाममा आज एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मेलाको उदघाटन गरेका छन् ।

मकर मेला भोलि माघ १ गते देखि १२ दिन सम्म सञ्चालन हुने छ । मेला मुल आयोजक समितिका संयोजक पदमराज जोशीले ८औ बर्षमा सञ्चालन भईरहेको मकर मेलाको लागि कुम्भ बाटिका, स्नान कुन्ड, बाटोघाटो निर्माण गरिएको बताए ।

मेलाका लागि गोदावरी क्षेत्रमा अस्थायी बजार समेत लाग्न सुरु भएको छ । मकर मेलाको समयमा १२ दिनसम्म आ–आफ्नो राशिको ग्रह पूजा, ग्रह शान्ति र अन्य पूजा गर्ने गरिन्छ ।

गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, प्रत्येक ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशि दर्शन मकर मेला लाग्ने गरेको छ । २०७२ सालमा गोदावरीमा एक महिने ‘अमृत महास्नान दिव्य सहस्त्र कुम्भ दर्शन मेला’ लागेको थियो ।

गोदावरीमा भोलि लाग्ने माघे सक्रान्ति मेलाको अवसरमा गोदावरी नगरपालिकाले अत्तरिया देखि गोदावरी सम्म एक दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने जनाएको छ ।

मेलाको उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका नवनियुक्त मन्त्री सन्तोष थापा, प्रदेश सभा सदस्य प्रकाश बम, तुल्सी देवकोटा, जानकी कुवर, निवर्तमान सामाजिक राज्यमन्त्री टेक बहादुर रैका, पुर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, कैलाली प्रमुख जिल्ला अधिकारी किरण थापा,गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्ट, उप–प्रमुख शारदादेवी रोकाया, स्वामी १००८ देवराज आर्चाय, गोदावरीका जनप्रतिनिधि, सुरक्षाकर्मी, समाजसेवी, धार्मिक व्यक्तित्व लगाएको उपस्थिती रहेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.