अत्तरिया : सुदुरपश्चिमको प्रसिद्ध धार्मिक स्थल कैलालीको गोदावरीमा बाह्रराशि मकर मेलाको शुभारम्भ गरिएको छ ।
गोदावरी ४ मा रहेको धार्मिक स्थल गोदावरी धाममा आज एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले मेलाको उदघाटन गरेका छन् ।
मकर मेला भोलि माघ १ गते देखि १२ दिन सम्म सञ्चालन हुने छ ।
मेला मुल आयोजक समितिका संयोजक पदमराज जोशीले ८औ बर्षमा सञ्चालन भईरहेको मकर मेलाको लागि कुम्भ बाटिका, स्नान कुन्ड, बाटोघाटो निर्माण गरिएको बताए ।
मेलाका लागि गोदावरी क्षेत्रमा अस्थायी बजार समेत लाग्न सुरु भएको छ ।
मकर मेलाको समयमा १२ दिनसम्म आ–आफ्नो राशिको ग्रह पूजा, ग्रह शान्ति र अन्य पूजा गर्ने गरिन्छ ।
