अपि सैपाल सहकारीको १३औ वार्षिक साधारण सभा सम्पन्न

अत्तरिया : कैलालीको अत्तरियामा रहेको अपि सैपाल बचत तथा ऋण सहकारी संस्थाको १३औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोदावरी नगरपालिका वडा नं. २ मा रहेको संस्थाको शनिबार एक कार्यक्रमका बिच १३औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष भरत बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्त सम्म करिब ८ करोड बराबरको कारोबार गरेको बताए । संस्थाले उक्त आर्थिक वर्षमा ८ करोड ९२ लाख ३१ हजार २५२ रुपैया बराबरको कारोबार गरेको संस्थाको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

त्यसबाफत संस्थाले १३ लाख ९६ हजार ५१० रुपैया नाफा कमाएको छ । संस्थाले ७ करोड ४० लाख ७ हजार ८२७ रुपैया ऋण लगानी गरेको छ भने संस्थाले फिर्ता गर्नुपर्ने ऋण ३० हजार रहेको कोषाध्यक्ष खत्रीले बताए । २०६६ सालमा २६ जना शेयरसदस्यबाट सञ्चालीत सहकारीमा हाल ३ हजार २ सय जना शेयरसदस्यहरु रहेका छन भने संस्थाको शेयरपुँजी १ करोड ५६ लाख १५ हजार ३ सय रुपैया रहेको छ ।

कार्यक्रममा संस्थाले विभिन्न क्षेत्रमा उत्कृष्ट शेयरसदस्यहरुलाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष बसन्त रोकाया (ललीत) को सभापतित्वमा भएको कार्यक्रममा गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले सहकारीले शेयरसदस्यहरुको आर्थिक स्तरोन्नतीका लागी महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए । उनले सहकारीसँग जोडिएका रहेक कार्यमा नगरपालिका समन्वय गर्न तयार रहेको बताए ।

त्यस्तै संस्थाका अध्यक्ष रोकायाले अपि सैपाल सहकारी संस्था जिल्लाकै उत्कृष्ट सहकारीका रुपमा सम्मानित भएको बताए । उनले ४९औ राष्ट्रिय सहकारी दिवशको अवसरमा अपि सैपाललाई नगद र प्रसंसा पत्रले सम्मानित गरिएको बताए । सहकारीले शेयर सदस्यहरुको सहजताका लागी सञ्चालन गरिएको रेमिटान्स सेवालाई पनि निरन्तरता दिएको बताए ।

 

साधारण सभा कार्यक्रममा बिभिन्न संघसंस्था प्रतिनिधि, शेयर सदस्य लगाएको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन राज शर्माले गरेका थिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.