गोदावरीमा विपन्न नागरिकलाई कम्मल वितरण 

अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेका विपन्न समुदायका अपाङ्ग, दलित, एकल महिला र ज्येष्ठ नागरिकहरुलाई कम्मल वितरण गरिएको छ । श्री सञ्जय साई सेवा अर्गनाइजेसन नेपालको आर्थिक सहयोगमा धनगढी जेसीज र लायन्स क्लब अफ अत्तरिया सिटिको आयोजनामा कम्मल वितरण गरिएको हो ।

सञ्जय साई बाबाको जन्मोत्सवको अवसर पारेर गोदावरी नगरपालिकाका १२ वटै वडामा बसोबास गर्ने १ सय ९२ जनालाई न्यायो कम्मल वितरण गरिएको छ । शनिबार अत्तरियास्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बहादुर बमको प्रमुख आतिथ्यतामा कम्मल वितरण गरिएको थियो ।

तराईमा हुने अत्याधिक जाडो छेक्नका लागि विपन्न वर्गका ज्येष्ठ नागरिकलाई न्यानो होस् भनेर कम्मल वितरण गरिएको धनगढी जेसिजका पुर्व अध्यक्ष तथा साईबाबा फाउन्डेसनका संरक्षक करुणाकर पाण्डेय बताए । उनले श्री सञ्जय साई बाबाको ३५ औँ जन्मोत्सवको अवसर पारेर गरिब तथा आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गका नागरिकहरुलाई जाडोमा न्यायो बनाउन कम्मल वितरण गरिएको बताए ।

यहि माघ ६ गते परेको साई बाबाको जन्मोत्सवलाई भव्य र सम्झनायोग्य बनाउन सामाजिक कार्य अन्तर्गत कम्मल वितरण गरिएको छ । सञ्जय साई बाबा अर्गनाईजेशन नेपालले ‘सबैलाई माया गरौ सबैको सेवा गरौ’ भन्ने नारा संगै नेपालका बिभिन्न ठाउमा निशुल्क खानेपानी, स्वास्थ्य र शिक्षा दिने गरेको फाउन्डेसनका संरक्षक पाण्डेय बताए । नेपालको संस्था मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमा पनि यसका शाखाहरू रहेको उनले बताए ।

लायन्स क्लब अफ अत्तरिया सिटिका अध्यक्ष कमल कडायतले गोदावरीमा एक वडाबाट विपन्न समुदायका अपाङ्ग, दलित एकल, महिला र ज्येष्ठ नागरिक गरि १६ जना छनौट गरेको बताए । उनले कम्मल वितरण गर्नको लागि वडाबाट केहिदिन अगाडि तथ्याङ्क संकलन गरिएको बताए ।

कम्मल पाईसकेपछि गोदावरी ३ का भागिरत खत्रीले खुसी व्यक्त गर्दै सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । त्यस्तै गोदावरी २ का चन्वा कोलीले पनि कम्मल पाएकोमा खुसी व्यक्त गरे ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.