अत्तरियामा जारी महोत्सवमा आज ईन्दिरा जोशी र चेतन बोहरा आउदै

अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित गायिका ईन्दिरा जोशी, गायक चेतन बोहरा संगै नृत्याङ्गना रुबिना अधिकारी को प्रस्तुती रहने भएको छ ।

अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा यहि पौष २७ गतेबाट शुरु भएको महोत्सवको आज पाँचौ दिन पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।

महोत्सवमा शनिबार लोक गायक हिमाल सागर, देउडा गायक दिपेन्द्र दाहाल लगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए । महोत्सवमा १५० वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।

महोत्सवमा सर्बसाधारणहरुलाई ८० र बिद्यार्थीहरुलाई ५० रुपैया टिकट दर रहने छ भने अपांग, एकल महिला, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरेको बताईएको छ । यहि पौष २७ गतेबाट शुरु भएको महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.