अत्तरिया : सुदूरपश्चिमको प्रसिद्ध धार्मिक स्थल कैलालीको गोदावरी धाममा हिन्दु धर्म विरुद्ध लेखीएका किताब फेला परेका छन् ।
आज मकर मेलामा एक समुहले किताब वितरण गरिरहेको बेलामा फेला पारेको विश्व हिन्दु युवा संघ गोदावरीका पुर्व अध्यक्ष एल आर ओझाले जानकारी दिए ।
उनले किताब बाहिरको गातामा हिन्दु धर्म चिनाउने चित्रहरु तर भित्र भने क्रिस्चियन,बाइबल लगायतका धर्मको प्रचार गर्दै हिन्दु धर्मको विरुद्ध लेखीएका करिब २ सय किताब फेला परेको बताए ।
किताब बेच्ने समुहसंग आफुहरुको केहिबेर भनाभन भएको र त्यसपछि उनिहरु किताब छोडेर फरार भएको उनले बताए । उक्त समुहले ति किताबहरु केहि निशुल्क र केही १५ रुपैँयामै बिक्री गरीरहेका थिए ।
जफत गरिएका उक्त किताब अहिले जलाउने तयारि भईरहेको विश्व हिन्दु युवा संघ गोदावरीका पुर्व अध्यक्ष ओझाले बताए ।
