धनगढी : सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादी केन्द्रका भीम भण्डारी निर्वाचित भएका छन् ।
आज भएको मतदानमा २९ मत सहित उनी निर्वाचित भएका हुन् । सभामुखका उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ । आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए ।
