बैतडीमा घर भत्किँदा च्यापिएर एकको मृत्यु, २ घाइते

बैतडी : बैतडीमा घर भत्किँदा च्यापिएर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ लेककी १५ वर्षीया पूजा लुहारको च्यापिएर मृत्यु भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टले जानकारी दिइन् ।

माटोको छानो भएको घर एक्कासी सोमबार राति २ बजेतिर भत्किँदा सुतीरहेकी पूजाको च्यापिएर मृत्यु भएको उनले बताइन् । आफ्नो घरबाट काकाको घरमा सुत्नका लागि गएकी पूजाको घरको छानो भत्किँदा च्यापिएर मृत्यु भएको हो । घरमा च्यापिएर अन्य दुईजना समान्य घाइते भएका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.