उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट इन्दिरा रानामगर उपसभामुखमा निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनले प्रतिस्पर्धी नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गरेकी हुन् ।

रानाको प्रस्तावकमा सोविता गौतम र समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन थिए ।

मत विभाजनको प्रक्रियाबाट भएको निर्वाचनमा राना १६६ मतसहित निर्वाचित भएकी हुन् । उनको विपक्षमा यादवलाई ९७ जना सांसदको समर्थन रहेको थियो । यस्तै तटस्थ १ मत परेको थियो ।

रास्वपाकी सोविता गौतमलाई उपसभामुख बनाउने प्रारम्भिक चरणमा चर्चा भए पनि सत्ता साझेदार दलहरूले रानामगरलाई उपसभामुख बनाउने निर्णय गरेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.