अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा आज चर्चित लोकदोहोरी गायक कुलेन्द्र विक, गायक गणेश चौतारी, लोकदेउडा गायक सुरेश चोखाल लगायतका कलाकारहरुको प्रस्तुती रहने भएको छ ।
अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा यहि पौष २७ गतेबाट शुरु भएको महोत्सवको आज १२औ दिन पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।
महोत्सवमा शनिबार चर्चित गायक चक्र बम, रेश बिसी सँगै नृत्यङ्गना लक्ष्मी सुनार लगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए । महोत्सवमा शनिबार दर्शहरुको ठुलो भिड थियो । महोत्सवमा गायक चक्र बमले आफना चर्चित गितहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए।
महोत्सवमा १५० वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।
महोत्सवमा सर्बसाधारणहरुलाई ८० र बिद्यार्थीहरुलाई ५० रुपैया टिकट दर रहने छ भने अपांग, एकल महिला, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरेको बताईएको छ ।
यहि पौष २७ गतेबाट शुरु भएको महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ ।