अत्तरिया : कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आज समापन हुदैछ । अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा यहि पौष २७ गतेबाट शुरु भएको महोत्सव आज १३औ दिनमा समापन हुने भएको हो ।
महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । आज चर्चित लोकदोहोरी गायिक कल्पना दाहाल,लोकदेउडा गायक भोजराज भट्ट लगायतका कलाकारहरुको प्रस्तुती रहने अत्तरिया उद्योग बाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए ।
महोत्सवमा आईतबार चर्चित लोकदोहोरी गायक कुलेन्द्र विक, गायक गणेश चौतारी, लोकदेउडा गायक सुरेश चोखाल लगायतका कलाकारहरुले प्रस्तुती राखेका थिए । महोत्सवमा गायक कुलेन्द्र विकले आफ्ना चर्चित गितहरु दर्शकाका माझ राखेका थिए । उनले सालको पाल टपरी गित गाउदा दर्शकहरु निकै रमाएका थिए । उनको पछिल्लो समयमा उक्त गित चर्चामा रहेको छ ।
महोत्सवमा १५० वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् । महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।
महोत्सवमा सर्बसाधारणहरुलाई ८० र बिद्यार्थीहरुलाई ५० रुपैया टिकट दर रहने छ भने अपांग, एकल महिला, जेष्ठ नागरिक लगायतका व्यक्तिहरुको परिचयपत्रका आधारमा निःशुल्क प्रबेशको व्यबस्था समेत गरेको बताईएको छ ।