कृष्णपुरमा माघि विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

अत्तरिया : कञ्चनपुरको कृष्णपुरमा नगरस्तरीय माघि बिशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले आईतबार नगरस्तरिय माघि विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नगरपालिकाको वडा नं. ३ का वडाध्यक्ष खेम चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य एनपि साउँद प्रमुख अतिथि रहेका थिए भने विशिष्ठ अतिथिमा नगरप्रमुख हेमराज ओझा रहेका थिए ।

कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य साउँदले थारु समुदायलाई विशेष अधिकार दिईनुपर्ने बताए । उनले थारु भनेका भुमिपुत्र भएकाले उनिहरुको संरक्षण र संर्वद्धनमा सबैले अग्रसर हुनुपर्ने बताए । उनले थारु समुदायलाई अधिकार दिनमा कन्जुस्याई नगरी उनिहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने समेत बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख ओझाले ठुलो संख्यामा आदिवासी जनजाती र भुमिपुत्रहरु बसोबास गर्ने ठाउँ कृष्णपुर भएको बताए । उनले थारु जातीको सांस्कृतिक संरक्षण गर्नु सबैको दायित्व भएको र त्यसैको संरक्षणका लागी नगरपालिकाले माघि विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको बताए ।

उनले माघिलाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने भएकाले पनि थारु समुदायमा यसको ठुलो महत्व रहेको बताए । उनले भलमन्सा प्रथाकै संरक्षणका लागी नगरमा एउटा भलमन्सा भवन बनाउने योजना रहेको उनले बताए । उनले भलमन्सा प्रथाले उक्त समुदायको परम्परागत थारु समुदायको पहिचान हराउदै गएको प्रति भने चिन्ता व्यक्त गरेका छन ।

कार्यक्रममा कैलाली, कञ्चपुरका मात्रै नभई बाँके, बर्दियाका समेत चर्चित थारु कलाकारहरुले आफ्ना प्रस्तुती राखेका थिए । त्यति मात्रै नभई नगरमा रहेका सबै वडाबाट आ–आफ्नो संस्कृति झल्कने खालका प्रस्तुतीहरु थारु समुदायले प्रस्तु गरेका थिए । कार्यक्रममा सबै वडाका मानिसहरुको सहभागीता रहेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.