कैलालीको गोदावरी र गौरीगंगा नगरपालिकामा २ बालकमा दादुरा संक्रमण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका र गौरीगंगा नगरपालिकाका २ जना बालकमा दादुरा संक्रमण देखिएको छ ।

गोदावरी नगरपालिका‐३ भैसीहारका पाँच वर्ष १० महिना र गौरीगङ्गा नगरपालिका‐६ का १८ महिने बालकमा दादुरा संक्रमण देखिएको हो ।स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीका अनुसार दादुराविरुद्धको खोप लगाएका २ बालकमा दादुरा देखिएको हो ।

गौरीगङ्गाको बालकमा डोटीबाट फर्केपछि दादुरा देखिएको जनाइएको छ । यस्तै, धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका दुई बच्चामा पनि दादुराको लक्षण देखिएको छ ।

उनीहरूको नमुना सङ्कलन गरेर ल्याबमा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख धामीले जानकारी दिए ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.