कञ्चनपुरमा १४ वर्षीया बालिकाले जन्माईन शिशु

कञ्चनपुर : कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको छ । ति बालिकाले जन्माएका शिशुको वुवा को हो भन्ने नखुलेको इलाका प्रहरी कार्यालय वेलौरीले जनाएको छ ।

नेपाली कानुन अनुसार १८ बर्ष नपुग्दै भएको यौन सम्बन्धलाई बलात्कार भएको मानिन्छ । जसका कारण उक्त घटना अपराधिक भएको भन्दै प्रहरीमा उजुरी परेको छ । प्रहरीले भारतीय नागरिकविरुद्ध किटानी जाहेरी दर्ता गरिएको जनाएपनि अझै पुष्टि हुन नसकेको जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलौरीकाअनुसार स्थानीयबासिन्दाको दबाबपछि बालिकाका आमाबुवा भारतीय नागरिक विरुद्ध किटानी जाहेरी दिएका छन् । इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले भारतको बरेलीका दयाराम गुप्ताको शिशु भएको दाबी गर्दै उनी विरुद्ध किटानी जाहेरी दर्ता गरिएको बताए । प्रहरीकाअनुसार ती भारतीय नागरिक नातामा उनका भिनाजु पर्छन् ।

गत वैशाखमा विवाह गर्ने भन्दै भारत भगाएर लैजाने क्रममा सीमा क्षेत्रबाट बालिकाको उद्धार गरिएको दाबी गरिएको छ । अहिले बालिकालाई शिशुसहित परिवारको जिम्मा लगाइएको छ । प्रहरीले भारतीय नागरिकको शिशु भएको दाबी गरेपनि स्थानीयले भने वास्तविक दोषीलाई उन्मुक्ति दिन आर्थिक चलखेल गरिएको आरोप लगाएका छन् ।

बेलौरीकै एक जना शिक्षक, बैंकका म्यानेजर र एक अर्का स्थानीय व्यापारीको नाम पनि बालिकासँग जोडिएकाले निष्पक्ष अनुसन्धान गर्नुपर्ने माग स्थानीयले गरेका छन् ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.