गोदावरी ३ मा आजदेखि प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीता सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ मा आजदेखि प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीता सुरु भएको छ । गोदावरी – ३ चौकीडाँडाँमा रहेको गोदावरी नगर विकास समितिको आयोजनामा प्रथम वडाध्यक्ष कप पुरुष डबल वडास्तरिय ब्याटमिन्टन प्रतियोगीता सुरु गरिएको हो । प्रतियोगिताको एक कार्यक्रका बीच सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बमले उद्घाटन गरेका छन् ।

प्रतियोगिता अन्तरगत पहिलो समुह चरणका लिग खेल र त्यसपछिका खेलहरु नकआउट प्रणाली अनुसार खेलाईने प्रतियोगीता संयोजक छत्र बहादुर रोकायाले जानकारी दिएका छन् । प्रतियोगीतामा प्रथम हुने टिमले नगद १५ हजार १ सय रुपैयाँ पाउनेछ भने द्धितिय हुने टिमले ७ हजार ५ सय रुपैयाँ पाउनेछ ।

यस्तै प्रतियोगीताको तृतिय हुने दुई वटा टिमले ३ हजार ५ सय र ३ हजार रुपैयाँ पाउने संयोजक रोकायाले बताए । प्रतियोगीताका लागी करिब १ लाख भन्दा बढी लगानी लाग्ने आयोजकले जनाएको छ । गोदावरी नगर विकास समितिका अध्यक्ष टेक साउँदको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश बम प्रमुख अतिथी रहेका थिए ।

कार्यक्रममा गोदावरी नगरपालिकाकी उपप्रमुख सारदा रोकाया, वडा नम्बर ३ का वडा अध्यक्ष तेजराज अवस्थी, मालाखेती अस्पतालका अध्यक्ष डा. नर बहादुर मौनी लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा गोदावरी नगरपालिकाका १८ वटा टिमको सहभागित रहेको छ । प्रतियोगिता शनिबार सम्पन्न हुने आयोजकले जनाएको छ ।

यस्तै प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीताको उद्घाटन संगै प्रदेश सासंद बमले सोही स्थानमा निर्माण हुन लागेको ब्याटमिन्टनको ईन्डोर संरचनाको समेत शिलान्यास गरेका छन् ।

त्यस्तै एभरेष्ट एकेडेमी अत्तरिया र क्रेटिभ कन्ट्रक्सन मालाखेतीले ग्रिन मालाखेती युवा क्लबलाई दुई थान फुटबल जर्सी र एक थान फुटबल सहयोग गरेको छ ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.