सुदूरपश्चिममा साढे १६ लाख मतदाताले मतदान गर्न पाउने

रासस : आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन् । नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन् ।

सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेम भट्टले आगामी निर्वाचनको तयारी थालिएको बताए । उनले असोज ११ गतेभित्र निर्वाचन अधिकृतको नियुक्ति, १२ र १३ गते तालिम/प्रशिक्षण र असोज २१ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको जानकारी दिए ।

आगामी मंसिर ३ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताले यहाँ मतदान गर्न पाउनेछन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता कैलालीमा ५ लाख पाँच सय १४ जना रहेका छन् । कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र छन् ।

त्यसैगरी कञ्चनपुरमा तीन लाख दुई हजार पाँच सय नौ, डडेल्धुरामा ९१ हजार दुई सय एक, बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिमको अर्को पहाडी जिल्ला दार्चुलामा ८९ हजार एक सय ५४, डोटीमा एक लाख २४ हजार आठ सय ७०, बझाङमा एक लाख २२ हजार तीन सय ७६ मतदाता रहेका छन् । अछाममा एक लाख ५८ हजार छ सय ५७ मतदाता छन् । २०७४ सालको प्रतिनिधि र प्रदेशसभामा नेकपा एमालेले वर्चश्व कायम गरेको सुदूरपश्चिममा नेपाली कांग्रेसले प्रतिनिधिसभामा डडेल्धुरामा मात्रै निर्वाचन जितेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.