कैलालीको अत्तरियामा खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुदै

अत्तरिया : कैलालीको अत्तरियामा प्रदेश स्तरिय खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुने भएको छ । आज अत्तरियामा‌ आयोजकले पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपाल केन्द्रिय समिति अत्तरियाको आयोजना र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको प्रवर्द्धनमा यहि माघ २७ र २८ गते खुल्ला एकल महिला लोक नृत्य प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दृतिय हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्तवना पुरस्कार ५ हजार रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा जज काठमाडौको नाचघरबाट बोलाईने राष्ट्रिय लोक सास्कृतिक प्रतिष्ठान नेपाल केन्द्रिय अध्यक्ष लिलाधर बास्कोटाले बताएका छन । उनले यस क्षेत्रका लोक सस्कृतिको जगेर्ना गर्नको लागि कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतियोगिताको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले गर्ने आयोजकले जनाएको छ ।

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.