अत्तरिया जुनियर जेसिज वर्ष २०२३ को अध्यक्षमा प्रकाश बोहरा

अत्तरिया : अत्तरिया जुनियर जेसिज वर्ष २०२३ का नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । जुनियर जेसिजको ६औं पदस्थापन कार्यक्रममा वर्ष २०२२ का अध्यक्ष एलआर ओझाले वर्ष २०२३ का नवनिर्वाचित अध्यक्ष प्रकाश बोहरालाई पद हस्तान्तरण गरेका थिए ।

बोहरा शनिबार नै अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यस्तै बर्ष २०२३ को कार्यकारिणी उपाध्यक्षमा राजेश ओझा र उमेश जोशी निर्विरोध चयन भएका छन । त्यस्तै उपाध्यक्षमा आशिष बहादुर सिह, शान परियार, चिरन्जिवी मल्ल र रोशनी अधिकारी चयन भएका छन ।

सोही कार्यक्रममा जुनियर जेसिस बर्ष २०२३ का अध्यक्ष बोहराले महासचिवमा जानु बिष्ट, कोषाध्यक्षमा सुलभ धामी र कानूनी सल्लाहकारमा दिपा जोशीलाई चयन गरेका छन् ।

कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष ओझाले २०२३ का अध्यक्ष बोहरालाई सपथ ग्रहण गराएका थिए भने २०२३ का अध्यक्ष बोहरा बर्ष २०२३ का निर्वाचित अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बर्ष २०२२ का अध्यक्ष ओझाले १ बर्षको अवधिमा गरेका कामको बारेमा जानकारी दिदै आफ्नो सफल कार्यकालका लागि सहयोग गर्ने सबैलाई धन्यावाद ज्ञापन गरेका थिए । उनले आफ्नो कार्यकालमा ६० वटा भन्दा बढी कार्यक्रम सम्पन्न गरेको बताउँदै यसबाट समाज परिवर्तमा योगदान पुगेको आफूले विश्वास गरेको बताए । कार्यक्रममा सहयोग गर्ने बिभिन्न संघसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

शनिवार दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका प्रमुख डा.पाल को प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अत्तरिया जेसिजका पुर्व अध्यक्षहरुको पनि सहभागीता रहेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.