अत्तरिया : कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीलाई जर्सी सहयोग गरिएको छ । अत्तरिया अस्पताल प्रा.लि ले धनगढीमा आयोजना हुन गैरहेको लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल–७) मा सहभागीता जनाईरहेको सत्यवतीलाई २० थान जर्सी सहयोग गरेको हो ।
आईतबार अस्पतालका अध्यक्ष डाक्टर आनन्द पाठक र प्रबन्धक डिल्लीराज पाठकले संयुक्त रुपमा उक्त जर्सीहरु प्रतियोगीतामा विद्यालयबाट टिम मेनेजरका रुपमा खटिएका रमेश कडायतलाई हस्तान्तरण गरेका छन ।
अत्तरिया अस्पतालले सेवा सँगसँगै अन्य सामाजिक कार्यहरुलाई पनि आत्मसाथ गर्दै आईरहेको अस्पतालका प्रबन्धक डिल्लीराज पाठकले बताए । उनले सामाजिक उत्तरदायीत्व अन्तरगत नै विद्यालयलाई सहयोग स्वरुप जर्सी प्रदान गरिएको बताए । विद्यार्थीहरुलाई खेलक्षेत्रमा प्रोत्साहन गर्न पनि उक्त कार्यले महत्वपुर्ण भुमिका निर्वाह गर्ने उनले बताए ।
विगत ६ वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिताको यो सातौ संस्करण हो । यसअघि खेलाईएको छैटौ संस्करणमा सत्यवती नै विजेता रहेको थियो ।
