कैलालीको गोदावरी – ८ स्याउलेमा सप्ताह ज्ञान महायज्ञ सुरु

अत्तरिया : कैलालीको स्याउले बजारमा आजदेखि सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । गोदावरी नगरपालिका – ८ स्याउलेमा सप्ताह ज्ञान महायज्ञ सुरु भएको हो ।

स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा सुरु भएको सप्ताह ज्ञान महायज्ञको एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रमुख देव राज जोशीले उद्घाटन गरेका छन् । गौशाला निर्माण गर्ने उद्देश्यका साथ सुरु भएको सप्ताह ज्ञान महायज्ञ आजबाट २२ गतेसम्म संचालन गरिने भएको छ । महायज्ञमा अच्युत शरण महाराजले प्रवचन गर्नेछन् ।

महायज्ञको उद्घाटन गर्दै प्रदेश प्रमुख जोशीले गौ माताको संरक्षण नहुँदा अहिले गौ माताको दुरावस्था भएको बताए । उनले गौ माताको संरक्षणका लागि आयोजना गरिएको महायज्ञ एउटा महत्वपुर्ण कार्य रहेको बताए । उनले आफू प्रदेश प्रमुखका रुपमा रहुन्जेल सम्म गौशाला निर्माणका लागि सुरु गरिएको अभियानमा सहयोग गर्ने बताए ।

गौ माता संरक्षण गर्नु सबैको दायित्व रहेको बताउदै उनले उक्त कार्यमा आफ्नो पुर्ण सहयोग र साथ रहने समेत बताए । उनले समाजमा जति संकट आईपरेका छन ति सबै धर्मको रक्षा नगरेको हुनाले आईपरेको बताए । यदि धर्मको रक्षा हामिले गर्यौ भने धर्मले हाम्रो रक्षा गर्ने उनको भनाई छ ।

कार्यक्रममा बोल्दै महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले मन्दिरको स्तरोन्ती संगै गौशाला निर्माण तथा धर्म सँस्कृती रक्षाको लागि महायज्ञ सुरु गरिएको बताए । उनले उक्त कार्यमा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताए ।

महायज्ञको उद्घाटनमा स्थानीयहरुको सहभागितामा कलश यात्रा निकालेको थियो ।

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.