कृष्णपुरमा किसानहरुलाई विउविजन वितरण 

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले किसानहरुलाई अनुदानमा विउविजन वितरण गरेको छ । नगरपालिकाले आज नगरभित्र रहेका किसानहरुलाई आवश्यकताको आधारमा चैते धान र मकैको बिउ बितरण गरेको हो ।

जसमा १७ जनालाई ५४६ किलोग्राम धानको बीउ र २२ जना किसान र समुहलाई ४९५ किलो मकैको बीउ वितरण गरिएको थियो ।

चैते धान नमूना कार्यक्रम अन्तर्गत चैते धानको विस्तारका निमित्त किसानहरुलाई ८० प्रतिशत अनुदानमा र मकैको विउ पनि ८० प्रतिशत अनुदानमा उपलब्ध गराएको कृषि शाखा प्राविधिक गणेश ओझाले बताए । उक्त कार्यक्रम अनुसार आर्थिक बर्ष २०७६/०७७ बाट नगरपालिकाले चैते धानको विउ वितरण गर्न शुरु गरेको हो ।

क्षेत्रफल बिस्तार संगसंगै चैत देखीको खालि समयको सदुपयोग गर्न किसानहरुका लागि चैते धान नमूना कार्यक्र अन्तर्गत नगरपालिकाले विउ उपलब्ध गराउदै आएको छ । अरु धानको विउ भन्दा यो विउ २०/२५ प्रतिशत उत्पादन बृदि हुने गर्दछ ।

किसानहरुले पनि उक्त कार्यक्रमबाट लाभ लिएको कृषि शाखा प्राविधिक ओझाको भनाई छ । नगरपालिकामा किसानहरुले चैते धानको विउ ५ सय ४६ केजी माग गरेका थिए ।

आज एक कार्यक्रमका बिच नगरउपप्रमुख द्रोपती राना र वडा नं. ९ का वडाध्यक्ष कैलाश बहादुर बलायरले संयुक्त रुपमा उक्त बीउहरु वितरण गरेका छन् ।

 

चिसोबाट बच्ने उपाय सम्बन्धी जारी सन्देश
Leave A Reply

Your email address will not be published.