महाकाली नदीमा फसेका २० मजदुरको उद्धार

कञ्चनपुर : भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदीमा फसेका २० जना मजदुरको प्रहरीले सोमबार सकुशल उद्धार गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका आठवटा ट्रयाक्टर, चालक र मजदुर वनवसा स्थीत महाकाली नदीको व्यारेजबाट पानी छोडदा वहाव बढेसँगै नदीमा फसेका हुन् ।

नदीको बीच भागमा फसेका मजदुर, चालकलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट गएको प्रहरीको टोलीले उद्धार गरेको उनले बताए ।

‘वनवासा पुलसँग समन्वय गरी व्यारेजका ढोकाहरु बन्द गर्न लगाई जेसिवि मेसिनको सहायताले उद्धार गरेका छौं’ उनले भने ‘समयमै उद्धार गर्दा मानवीय क्षति हुनबाट जोगिएको छ ।’

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.