स्वतन्त्र युवा एकता समाज डडेल्धुराद्वारा बागबजारमा सरसफाई

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम बागवजार क्षेत्रमा सरसफाई गरिएको छ । सहिद दिवसको अवसर पारेर आज स्वतन्त्र युवा एकता समाज डडेल्धुराले बजार क्षेत्रमा सरसफाई गरेको हो ।

Godawari_Tato hawa_Lu

सरसफाई कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभा सदस्य डा. तारा प्रसाद जोशी र सरस्वती खड्का, युवा समाजका सदस्य, सुरक्षाकर्मि, नागरिक समाज, उद्योगी व्यापारी लगायत स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अमरगढी नगरपालिका, भु तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन बन कार्यालय डडेल्धुराको सहयोगमा १० वटा डस्टविन बसपार्क क्षेत्र तथा तुफानडाँडा क्षेत्रमा राखिएको स्वतन्त्र युवा एकता समाजका अध्यक्ष सुरत तमोलीले जानकारी दिए ।

 

Naba Durga Sunchadi
Leave A Reply

Your email address will not be published.